Logo

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा पोखराको शिवचोकमा

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा पोखराको शिवचोकमा



काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय पोखरा महानगरपालिका १० शिबचोकमा स्थापना गरेको छ । साथै सोही स्थानमा शाखा समेत विस्तार गरेको बैंकले जानकारी दिएको छ । बैंकले विस्तार गरेको शाखा तथा प्रदेशकार्यालयको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन ।

उद्घाटनमा बोल्दै मुख्य मन्त्री गुरुङले बैंकहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन । उनले संघीय गणतन्त्र नेपालको अवधारणा बमोजिम बैंकले प्रदेश कार्यालय तथा शिव चोक शाखा विस्तार गरि सो क्षेत्रका आमजनतालाई बैंकिङ सेवा प्रदान गरी सेवा दिएकोमा खुसी ब्यक्त गरेका छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले आफ्ना वचतकर्ताहरु तथा उद्योगी, व्यवसायी, ग्राहकहरुको बैंकिङ आवस्यक्तालाई मध्येनजर गर्दै आफ्ना सेवा सुविधालाई विस्तार गर्दै लैजाने बताएका छन ।

बैंकले ५२ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १०३ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL