Logo

महालक्ष्मी विकास बैंकले पनि आरटीजीएस प्रणाली लागु गर्दै, राष्ट्र बैंकसँग सम्झौता

महालक्ष्मी विकास बैंकले पनि आरटीजीएस प्रणाली लागु गर्दै, राष्ट्र बैंकसँग सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सोमबार रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त सम्झौता पश्चात ग्राहकहरुले आरटीजीएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुनेछ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन ।

देशका १ सय २ वटा शाखाहरुबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ लगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL