Logo

कामना सेवाको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, यस्तो गर्यो प्रगति

कामना सेवाको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक, यस्तो गर्यो प्रगति



काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

laxmi

राष्ट्रिय स्तरको अब्बल विकास बैंक बनाउने उद्देश्य र रणनीतिका साथ अगाडी बढेको बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कर्जा तथा सापटीमा ४ अर्ब २० करोड रुपैयाँले वृद्धि गरी २४ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । त्यसैगरी निक्षेप संकलनतर्फ ५ अर्ब रुपैयाँ थप गरी कुल निक्षेप २७ अर्ब ९७ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले समिक्षा अवधिमा कर्जा तथा सापटीतर्फ २० दशमलब ८० प्रतिशत तथा निक्षेप संकलनतर्फ २१ दशमलब ७७ प्रतिशतको वृद्धि गरेको हो । बैंकले ५७ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ३७ करोड ९८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

२०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ एटिएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ एटिएम थप गरी ११४ शाखा र ५८ एटिएम पुर्याउन सफल भएको छ । शाखा सञ्जाल विस्तारसंगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको बैंकले जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी (¬वार्षिक) ११ दशमलब ६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२ दशमलब ३१ रहेको छ ।

बैंकले ११७ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट, मोबाईल बैंकिङलगायतका माध्यमबाट समेत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL