Logo

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङको मृगौलियामा

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङको मृगौलियामा



काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।

laxmi

माघ ११ गते २०७६ शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छधारले संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त बैंकिङ सेवाका प्रतिनिधि देवनारायण चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ सेवा संचालन भयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने जनाइएको छ ।

यस सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाइएको छ । हालसम्म सन्राइज बैंकले १३० वटा शाखा,४७ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानह
हरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL