Logo

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा मोरङको सुन्दरहरैचामा, सेवा संख्या ४६ पुग्यो

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा मोरङको सुन्दरहरैचामा, सेवा संख्या ४६ पुग्यो



काठमाडौं । सनराइज बैंकले मोरङको सुन्दरहरैचामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखा सेवाको सुन्दरहरैचा नगरपालिका १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख विवेक निरौलाले एक कार्यक्रमकाबीच बैंकका प्रतिनिधि ममता कुमारी चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानहरुमा समेत शाखारहित बैंकिङ सेवा अन्तरगत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

उक्त सेवामार्फत सो क्षेत्रका स्थानीयहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका कार्यहरु गर्न सकिनेछ । बैंकले १३० शाखा, ४६ शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउण्टर तथा १५२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL