Logo

ग्लोबल आइएमई बैंकको शाखा बर्दियाको गुलरियामा, शाखा संख्या २६७ पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा बर्दियाको गुलरियामा, शाखा संख्या २६७ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका ६ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखासँगै बैंकको कुल शाखा संख्या २६७ पुगेको बैंकले जानकारी दिएको छ ।

laxmi

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले २६७ शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL