Logo

कृषि विकास बैंकले मनायो ५३औँ वार्षिकोत्सव : कर्जा प्रवाह १४ अर्बले बढाउन सफल

कृषि विकास बैंकले मनायो ५३औँ वार्षिकोत्सव : कर्जा प्रवाह १४ अर्बले बढाउन सफल



काठमाडौं । कृषि विकास बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ ।

कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा बैंकले सो जानकारी दिएको हो । बैंकको सञ्चालन मुनाफा ८ प्रतिशतले बढेर रु ५३४ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले जानकारी दिए ।

हाल बैँकले निष्क्रिय कर्जा ३।२९ प्रतिशतमा राख्न सफल भएको छ । बैंकको आव २०७५÷७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ ।

नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पु¥याएको छ । त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ ।

बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ । बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन् ।

कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL