Logo

साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै कृषि विकास बैंक, भ्रमणबर्ष लक्षित १ हजार होमस्टेलाई कर्जा

साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै कृषि विकास बैंक, भ्रमणबर्ष लक्षित १ हजार होमस्टेलाई कर्जा



काठमाडौं । कृषि बिकास बैंकले कृषक लक्षित ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने भएको छ । बैंकले ७ बर्षको लागि १० दशमलब ३५ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकुमार उपाध्यायले बैंकको ५३ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाटमा ‘एडीबीएल कृषि बैंक ऋणपत्र २०८३’ जारी गर्ने अन्तिम तयारीमा रहेको बताएका हुन । बैंकले लिनमात्र होईन दिन पनि जान्दछ भन्ने उद्देश्य सहित कृषकलाई फाईदा पुग्ने गरी साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले गत बर्षमात्रै सहुलियतपूर्ण कृषि अनुदान कर्जामा २५ सय भन्दा बढी कृषकलाई ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्दती केन्द्र, ७ ओटा जिल्लामा हेफर यन्टरनेशनल, किसान महासंघ तथा युवा परिषदसँग सहकार्य गरी अघि बढीरहेको सिइओ उपाध्यायले जानकारी दिएका छन ।

त्यस्तै बैंकले भ्रमण बर्ष लक्षित करिब १ हजार भन्दा बढी घरबास (होमस्टे) आवद्ध भएको होमस्टे एशोसिएसन नेपालसँग सम्झौता गरी २० लाख भन्दा बढीको कर्जा प्रवाह गर्न सम्झौता समेत गरेको छ ।

बैंकले अघिल्ला बर्षहरुमा औसत १५ प्रतिशत लाभाशं वितरण गर्दै आएकामा बैंकले गत बर्ष २१ दशमलब ०५ प्रतिशत र यस बर्षको साधारण सभाले पारित गरे बमोजिम ३० प्रतिशत लाभाशं वितरण गरेको उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL