Logo

सिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म

सिटिजन्स बैंकको एकैसाथ ४ शाखा विस्तार, पुग्यो चितवनदेखि लमजुङसम्म



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर र नुवाकोटको देवीघाटमा नयाँ शाखा विस्तार गरेको हो ।

आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच प्रदान गर्ने उद्देश्यका साथ बैंकले बागमती प्रदेशको टाँडी र देवीघाट, गण्डकी प्रदेशको भोटेओडार र प्रदेश नं ५ को जीतपुरमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।

विस्तारित शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकले जानकारी दिएको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएमसेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु वितरण गर्दै आईरहेको छ ।

बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०३ पुग्नेछ भने प्रदेश नं २ मा थप १३ तथा बागमती प्रदेशमा १ शाखाहरु संचालनमा आउने छन । बैंकले हाल ८९ शाखा, ८५ एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गदैृ आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL