Logo

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा, काउन्टर संख्या ३६ पुग्यो

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा, काउन्टर संख्या ३६ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले यो हप्ता २ नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरि दुवै एक्सटेन्सन काउण्टरहर सुरु गरेका जानकारी दिएको हो ।

बैंकले हाल २ सय ६६ शाखा, २ सय ५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर र २ सय ४९ शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदात गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL