Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिपन्नलाई कम्बल वितरण

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिपन्नलाई कम्बल वितरण



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिरहाको भवानीपुर गाउँपालिकामा कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी भवानीपुर गाउँपालिकाको ठाडी र नहरा टोल तथा लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको हो ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले १५० थान कम्बल वितरण गरेको जानकारी दिएको छ । केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न कम्बल वितरण गरेको बैंकले जानकारी दिएको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि समेत कार्यक्रम गर्दै जाने बैंकले जानकारी दिएको छ ।

बैंकले ८५ शाखा, ८६ एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आश्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL