Logo

नेपाल राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देव : विकास बैंकबीच आरटिजिएस सम्झौता, भुक्तानी प्रणालीमा सहज

नेपाल राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देव : विकास बैंकबीच आरटिजिएस सम्झौता, भुक्तानी प्रणालीमा सहज



काठमाडौं । नेपाल राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकबीच आरटिजिएस प्रणाली सम्बन्धी सम्झौता भएको छ ।

laxmi

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जानकारी दिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बचत निक्षेप तथा कर्जा सेवा समेत प्रदान गर्दै आई रहेको छ । बैंकले प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङलगायतका सेवासमेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL