Logo

सनराइज बैंकको क्यास ब्याक अफर सार्वजनिक, १ हजार सम्म फिर्ता

सनराइज बैंकको क्यास ब्याक अफर सार्वजनिक, १ हजार सम्म फिर्ता



काठमाडौं । सनराइज बैंकले ‘क्यास ब्याक’ अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त अफर माघ १ गतेदेखि ३ महिनासम्म संचालन गरिनेछ ।

योजना अन्तरगत बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई–कर्मश कारोबारमा २५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार रुपैयाँ वा सो भन्दा बढिको खरिद कारोबार गरेमा १ हजार रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्नेछन् । योजनामा एकजना कार्डबाहकले ३ हजार ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्
MBL