Logo

बैंकर्स संघको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न, विधान संशोधन गर्न समिति गठन

बैंकर्स संघको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न, विधान संशोधन गर्न समिति गठन



काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैंकिङ क्षेत्रका विभिन्न समस्याहरुलाई केन्द्रमा राखेर भएको उक्त बैठक शुक्रबार सम्पन्न गरिएको हो ।

बैठकमा बैंकका विविध समस्याहरुको समाधान गर्नका लागि अध्ययन समिति समेत गठन गरिएको छ । उक्त बैठकमा संघका अध्यक्ष भुवन दाहालले संघलाई बलियो बनाउन विधान संशोधन गर्ने बताएका छन् ।

नयाँ अध्ययन कार्यसमितिले बैंकका कर्मचारीको तलब नाफा र कर्जा व्याजदरको बिषयमा अध्ययन गर्ने भएको छ । पछिल्लो समय बैंकको नाफा, कर्मचारी तलव र कर्जाको व्याजदर बढी भएको टिप्पणी हुन यसको बिषयमा आवश्यक अध्धयन गर्न कृषि बिकास बैंकको सीईओ अनिल कुमार उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको हो । ा

समितिले अन्तरराष्ट्रिय बैंकिङ क्षेत्रका कर्मचारीको सेवा सुविधा लगायतका अभ्याससँग नेपालको अभ्यास तुलना गरेर अध्ययन गरिने बताएको छ । यस्तै, संघले आफ्नो विधान संसोधन गर्न पनि समिति गठन गरेको छ ।

साथै, बैंकिङ कसुर ऐनलाई संसोधन गर्ने पहल गर्न पनि संघले समिति गठन गरेको छ । विधान संसोधनका लागि नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागर र ऐन संशोधन पहल गर्न राष्ट्रिय बाणिज्य बैंकका किरण श्रेष्ठको संजोकत्वमा समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL