Logo

नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभा सम्पन्न, बोनश शेयर वितरण प्रस्ताव पारित

नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभा सम्पन्न, बोनश शेयर वितरण प्रस्ताव पारित



काठमाडौं । नेपाल बैंक लिमिटेडको ६० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न सभाले बैंकको आर्थिक वर्ष २०७५-७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५-७६ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

त्यसै गरी सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रु.१ अर्ब ४७ करोड १६ लाख ७२ र हजार २ सय बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय कायम गर्नेलगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

अन्तमा, सभाका अध्यक्षज्यले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालाहरुमा धन्यवाद प्रकट गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस्
MBL