Logo

एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, हालसम्मकै उत्कृष्ट लाभांश

एनएमबि बैंकको ३५ प्रतिशत लाभांश पारित, हालसम्मकै उत्कृष्ट लाभांश



काठमाडौं । एनएमबि बैंकले यस वर्षको प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले बिहीबार काठमाडौंमा २४ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै उक्त लाभांश पारित गरेको हो ।

laxmi

गत असोज ११ गते ओम डेभलपमेण्टसँग मर्जपश्चात एकिकृत कारोबार सुरु गरेको यस बैंकले सबै सदस्यहरुलाई समेटेर २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १४ प्रतिशत नगद लाभांश दिने लागेको हो ।

ओम डेभलमेण्ट बैंकसँग मर्जरपश्चात कायम चुक्तापूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार रुपैयाँको आधारमा बैंकले लाभांश दिन लागेको हो । गत वर्ष ३० प्रतिशत लाभांश वितरण गरेको बैंकले हालसम्मकै उत्कृष्ट लाभांश यस वर्ष वितरण गर्न लागेको हो ।

लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि बुक क्लोज गरेकाले पुस ३ गतेसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन् । हाल बैंकको शाखा कार्यालय १६३ र एक्सटेन्सन काउण्टर संख्या पाँच पुगेको छ । असोज मसान्तसम्म बैंकले ८१ करोड ५१ लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL