Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, वेद विद्याश्रमलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, वेद विद्याश्रमलाई आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले वैद्यनाथक्षेत्र विकास संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम अछामलाई १ लाख ५० हजार रुपैयाँ आथिृक सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतीलाल बोहोरालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडालगायतका अन्य भौतिक सुविधामा सुधार होस भन्ने उद्देश्यले सहयोग गरेको बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL