Logo

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ योजना, ६.५ प्रतिशत ब्याजसहित १७ आकर्षक सुविधा

मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ योजना, ६.५ प्रतिशत ब्याजसहित १७ आकर्षक सुविधा



काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको छ । बैंकले सोमबार उक्त नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको हो ।

बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको जानकारी दिएको हो । ६ दशमलव ५ प्रतिशत आकर्षक ब्याज पाइने उक्त बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले ग्राहकहरुलाई आकर्षक एवं नविनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभुति गराउने उद्देश्यले उक्त योजनाको नयाँ संस्करण ल्याएको बैंकले जानकारी दिएको छ ।

मेगा बैंकले ल्याएको उक्त योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैँयासम्मको दुर्घटना बिमा, ३ लाख रुपैँयासम्मको प्राणघातक रोगहरुको बिमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बिमाको व्यवस्था बैंक आपैmले बिमा प्रिमियम शुल्क व्यहोर्ने गरी बिमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स् मार्पmत गर्ने भएको छ ।

आकर्षक ब्याजदर रहेको उक्त बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशभर १ सय ११ शाखा, २० एक्सटेन्सन काउन्टर, १ सय १४ एटिएम, १ सय १९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जालमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL