Logo

सिटिजन्स बैंकको भ्रमणबर्ष लक्षित मास्टरकार्डको सुरुवात, एटिएममा सबै कार्ड चल्ने

सिटिजन्स बैंकको भ्रमणबर्ष लक्षित मास्टरकार्डको सुरुवात, एटिएममा सबै कार्ड चल्ने



काठमाडौं । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटिएममा मास्टरकार्ड सेवा सुरु गरेको छ । बैंकले उक्त सेवाको सुरुवात गरेसँगै मास्टरकार्ड, मेस्ट्रो तथा सिरस ब्राण्डका कुनै पनि कार्ड सिटिजन्सको एटिएममा चल्ने छन ।

laxmi

नेपाल भ्रमण बर्ष २०२० को सुरुवातसँगै सेवा सुरु गरेका बैंकले विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास लिएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

बैंकले ८५ शाखा, ८५ एटिएम र १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवालगातका सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL