Logo

कामना सेवा विकास बैंकका लगानीकर्तालाई ६.८ प्रतिशत लाभांश, साधरण सभाले गर्यो पारित

कामना सेवा विकास बैंकका लगानीकर्तालाई ६.८ प्रतिशत लाभांश, साधरण सभाले गर्यो पारित



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई ६ दशमलब ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको १३ औं वार्षिक साधारण सभामा बोल्दै बैंकका अध्यक्ष सुदिप आचार्यले सेयरधनीहरुलाई ६ दशमलब ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जानकारी दिएका हुन ।

बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३ सय ५२ रुपैयाँको ६ दशमलब ८ प्रतिशतका दरले हुन आउने रकम १७ करोड २७ लाख ३३ हजार २ सय ८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा बैंकको दीर्घकालिन रणनीति प्रस्तुत गर्दै बैंकलाई अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

बैंकले ११४ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल बैंकिङ, सिआश्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL