Logo

राष्ट्र बैंकले बढायो एटिएमबाट निकाल्ने पैसाको सीमा, अब दैनिक एक लाखसम्म निकाल्न पाइने

राष्ट्र बैंकले बढायो एटिएमबाट निकाल्ने पैसाको सीमा, अब दैनिक एक लाखसम्म निकाल्न पाइने



काठमाडौं । एटिएमबाट निकाल्न मिल्ने पैसाको सीमा नेपाल राष्ट्र बैंकले बढाएको छ । राष्ट्र बैंकले कृषि विकास बैंकका सिस्टम ह्याक गरी ठूलो रकम बाहिरिएपछि सीमा घटाएको थियो । राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणलीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दे सीमा बढाएको हो ।

laxmi

नयाँ निर्देशनअनुसार एक दिनमा एटिएमबाट एक लाख रुपैयाँसम्म निकाल्न पाइने छ । एटिएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो ।

यसैगरी, विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा १ लाखसम्म थियो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन पनि दिएको छ । अब सिसिटिभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ ।

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यामबाट गरिने भुक्तानीको अधिकतम सीमा पनि तोकेको छ । मोबाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिनेछ ।

इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाखसम्म भुक्तानी गर्न सकिनेछ भने प्रतिदिन १० लाख र प्रति महिना ५० लाखसम्म रकम पठाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL