Logo

सनराइज बैंक र होटल साङ्ग्रिलाबीच सम्झौता, सनराइजका ग्राहकलाई साङ्ग्रिलामा विशेष छुट

सनराइज बैंक र होटल साङ्ग्रिलाबीच सम्झौता, सनराइजका ग्राहकलाई साङ्ग्रिलामा विशेष छुट



काठमाडौं । सनराइज बैंक र होटल साङ्ग्रिलाबीच सम्झौता ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ ।

laxmi

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल संग्रीलासँग सम्झौता गरेको छ ।

सनराइज बैंक लिमिटेड तथा होटल संग्रीला बीच बैंकका ग्राहकहरुलाई होटल संग्रीलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


सम्झौताअनुसार बैंकका ग्राहकहरुले फूड, वेभरेज, वेकरी, साउना, स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्ड मार्पmत भुक्तानी गरेर १५५ सम्मको छुट लिन सक्नेछन् । यो सुविधा यस बैंकका ग्राहकहरुले २०७७ साल पौष १५ सम्म उपयोग गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL