Logo

सेञ्चुरी बैंकको थप शाखारहित बैकिङ सेवा, ग्राहक सेवालाई उच्च प्राथमिकता

सेञ्चुरी बैंकको थप शाखारहित बैकिङ सेवा, ग्राहक सेवालाई उच्च प्राथमिकता



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका– ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका–३ का अध्यक्ष राजनप्रसाद ढुङ्गगानाले सयुक्त रmपमा एक समारोहका विच बर्दिबास, पाटुमा शाखारहित बैंकिङ्गका प्रतिनिधी गंगा बहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गरेका थिए ।

उद्घाटनपश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL