Logo

सिभिल बैंकको नवौं बार्षिकोत्सव : १ महिने सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

सिभिल बैंकको नवौं बार्षिकोत्सव : १ महिने सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । बैंकले गरेका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु यसप्रकार छन ।

laxmi

१. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १ हजार ३ सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
२. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ ।
४. लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।
५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृस्टीविहिनहरुको सहयोगार्थ १ सय थान विशेष छडी प्रदान गरेको छ ।

७. बैंकको ईलाम स्थित माईजोगमाई शाखा मार्फत आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ ।
८. बैंकको झापा स्थित सुरुङ्गा शाखा मार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ ।
९. बैंकको विराटनगर शाखा मार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ ।
१०. सिभिल बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ १ थान प्रिन्टर प्रदान गरिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL