Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै ज्योति विकास बैंक, एकैदिन ३ नयाँ शाखा संचालनमा

शाखा विस्तारमा एग्रेशिभ हुँदै ज्योति विकास बैंक, एकैदिन ३ नयाँ शाखा संचालनमा



काठमाडौं । ज्योति विकास बैंकले एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाण्डौको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो।

laxmi

बैंकले हाल १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

यस्तै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१ अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL