Logo

सिभिल बैंकका लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांश, मर्जर र विदेशी साझेदार खोज्न साधारणसभाले दियो अख्तियारी

सिभिल बैंकका लगानीकर्तालाई साढे ६ प्रतिशत लाभांश, मर्जर र विदेशी साझेदार खोज्न साधारणसभाले दियो अख्तियारी



काठमाडौं । सिभिल बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाको संचालक समितिले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट प्रतिसेयर ६ दशमलब ५७ प्रतिशतका दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार ७ सय १ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गरेको छ ।

laxmi

आव २०७६/०७७ को लेखापरिक्षणका लागि एनबीएसएम एशोसिएटसलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने, वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैंकले हाल बचतकर्ताहरुलाई ७ वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना समेत संचालनमा ल्याएको छ । बैंकले १०२ शाखा र ७६ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL