Logo

मुक्तिनाथ रेमिटको पुुुरस्कार वितरण, भाग्यमानीले पाए ब्लुटुथ स्पीकरदेखि स्कुटीसम्म

मुक्तिनाथ रेमिटको पुुुरस्कार वितरण, भाग्यमानीले पाए ब्लुटुथ स्पीकरदेखि स्कुटीसम्म



काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ योजनाको बिजेता सार्वजनिक गरेको छ । रेमिटले चाडपर्वलाई लक्षित गरी गत भाद्र १ देखि कार्तिक ३० गतेसम्म उपहार योजना सञ्चालन गरेको थियो । रेमिमटले अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने सम्पुर्ण ग्राहकहरु मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो ।

७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुटुथ स्पीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट फोन, ७ जनालाई ३२ इन्चको स्मार्ट टिभी ५ जनालाई २ सय लिटरको रेफ्रिजेरेटर, ३ जनालाई ल्यापटप, र १ जनालाई स्कुटी उपहार वितरण गरेको छ ।

भाग्यशाली विजेताहरुको घोषणा मंसीर १५ बैैंकको फेसबुक पेजमार्फत प्रत्यक्ष रुपमा गरिएको थियो । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL