Logo

नेपाल बंगलादेश बैंकको सहयोग, अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण

नेपाल बंगलादेश बैंकको सहयोग, अनाथ अपाङ्ग आश्रय नेपाललाई कम्बल हस्तान्तरण



काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ कागेश्वरी मनहरास्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको छ ।

laxmi

बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका संचालक मुकुन्दनाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाका अध्यक्ष्य गोपाल बहादुर कार्कीले सो सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।

साथै बैंकका संचालक मुकुन्नाथ ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरु तथा बालबालिकाहरुका जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL