Logo

सिभिल बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम दिने

सिभिल बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता, बैंकका कर्मचारीलाई तालिम दिने



काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

laxmi

उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्वारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL