Logo

सेञ्चुरी बैंकको नयाँ बचत खाता, सेञ्चुरी सेभिङ प्लस खातामा विभिन्न सुविधा

सेञ्चुरी बैंकको नयाँ बचत खाता, सेञ्चुरी सेभिङ प्लस खातामा विभिन्न सुविधा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सार्वजनिक गरेको छ । ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै ‘सेञ्चुरी सेभिङ प्लस खाता’ नामक नयाँ बचत खाता को शुभारम्भ गरेको बैंकले जानकारी दिएको छ ।

laxmi

रु. ५ हजार न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी तथा रु. १० लाख सम्मको प्राणघातक रोग, दुर्घटना, दीर्घकालीन अशक्तताको बीमा आइएमई जनरल इन्सुरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।

सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ्ग र कर्जा सुविधामा विशेष छुट समेत दिइने बैंकले बताएको छ । उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमद्धारा गरेका थिए ।

साथै सो कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
बैंकलेहाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL