Logo

हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, भीमसेन मन्दिर पूनर्निर्माणमा आर्थिक सहयोग

हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, भीमसेन मन्दिर पूनर्निर्माणमा आर्थिक सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भीमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई पाटन दरवार क्षेत्रमा आयोजित एक समारोहकाबीच हस्तान्तरण गरेका छन् ।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुरका प्रतिष्ठित व्यापारीहरु तथा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, सहायक महाप्रबन्धकहरुको उपस्थिति थियो ।

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो २५ औ वार्षिकोत्सवको अवसरमा पाटन दरवार क्षेत्र तथा कृष्ण मन्दिर पुनर्निर्माण गर्न रु १ करोड प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL