Logo

कामना सेवा विकास बैंक बाग्लुङ्गको हल्लनचोकमा, शाखा संख्या १ सय ८ पुग्यो

कामना सेवा विकास बैंक बाग्लुङ्गको हल्लनचोकमा, शाखा संख्या १ सय ८ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिकास्थित हल्लनचोकमोे आफ्नो १०८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले सोमबार सयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराजराज भण्डारी, समाजसेवी बलावति शर्मा, गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जानेसमेत जानकारी दिएको छ ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०८ वटा शाखा तथा ५७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ। मोबाइल बैंकिङ, सि–आश्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL