Logo

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सहकार्य, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सहकार्य, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक, बालुवाटार बीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस

laxmi

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिकमार्फत सेवा लिंदा विशेष छुट पाउँनेछन् । उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ८५ वटा शाखा, ८४ वटा एटिएम र १ सय २ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL