Logo

एनएमबी बैंकको ‘एनएमबी जीवन चक्र बचत खाता’, जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने

एनएमबी बैंकको ‘एनएमबी जीवन चक्र बचत खाता’, जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने



काठमाडौं । एनएमबी बैंकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नव सिर्जनशील योजनामा सात सह–योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको छ ।
यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउने तथा यस योजनामा हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ । जसले जीवनकालका विभिन्न समयको परिवर्तनसँगै विशेष समूहका ग्राहकलाई आकर्षित गराउँछ ।

laxmi

आकर्षक योजनाहरूका साथमा आवासीय घरहरूमा हुनसक्ने चोरीलाई समेट्ने बीमासहितका अन्य लाभकारी फाइदाहरु रहेको यस योजनाले जीवनको पूर्ण वित्तीय साझेदार बनाउने लक्ष्य राखेको छ । हाल एनएमबी बैंकको देशभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरसहितको सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL