Logo

आज र भोलि ग्लोबल आईएमई र जनता बैंकको सेवा प्रभावित हुने, शुक्रबारदेखि एकीकृत कारोबार शुरु हुँदैं

आज र भोलि ग्लोबल आईएमई र जनता बैंकको सेवा प्रभावित हुने, शुक्रबारदेखि एकीकृत कारोबार शुरु हुँदैं



काठमाडौँ । शुक्रबारदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी गरिरहेका ग्लोबल आईएमई बैंक र जनता बैंकको सेवा आज र भोलि प्रभावित हुने भएको छ ।

यी दुई बैंकबीच मर्जर भएर मंसिर २० गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । त्यसका लागि दुबै संस्थाहरुको सिस्टम र डाटा माइग्रेट गर्नुपर्ने भएकाले ३० घण्टाका लागि कारोबार प्रभावित हुने एक सूचनामार्फत जनाएका छन् ।

बुधबार साँझ ६ बजेदेखि बैंकको एटीमएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा बन्द हुने तथा बिहीबार राति १२ बजेसम्म बैंकका सबैखाले सेवा बन्द रहने सूचनामा जनाइएको छ ।

बैंकले यसबाट ग्राहकमा पर्ने असुविधानप्रति क्षमयाचना गर्दै २० गतेबाट भने ग्लोबल आईएमई बैंककै नाममा एकीकृत कारोबार सुचारु गर्ने जनाइएको छ । यसैबीच ग्लोबल आईएमई बैंकको राजश्व काउन्टरबाट प्रदान गरिने सेवा भने यथावत रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL