Logo

सनराइज बैंकको १ सय २६ औं शाखा सुनसरीको खनारमा, एटीएम पनि सञ्चालनमा

सनराइज बैंकको १ सय २६ औं शाखा सुनसरीको खनारमा, एटीएम पनि सञ्चालनमा



काठमाडौं । सनराइज बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्तरुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा ए.टि.एम को उद्घाटन गरेकाथिए । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सनराइज बैंकले १२६ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरुविस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL