Logo

नवलपरासीस्थित परासीमा सनराइज बैंकको शाखा संञ्चालनमा, शाखा संख्या १ सय २५ पुग्यो

नवलपरासीस्थित परासीमा सनराइज बैंकको शाखा संञ्चालनमा, शाखा संख्या १ सय २५ पुग्यो



काठमाडौं । सनराइज बैंकले नवलपरासीस्थित परासीमा आफ्नो १२५औं शाखा संचालनमा ल्याएको छ ।

laxmi

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालिकाको मेयर नरेन्द्रकुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् । उक्त कार्यक्रममा जनकशर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानी गर्न प्रोत्साहन गरेका छन् ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालिकाको मेयर राजेन्द्रकुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदाशर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

हालसम्म बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL