Logo

लण्डनमा मेगा बैंकका अध्यक्ष र सीईओले थापे बैंक अफ दि इयरको अवार्ड, उत्कृष्ट सेवा प्रदान गर्ने खुञ्जेलीको प्रतिबद्धता

लण्डनमा मेगा बैंकका अध्यक्ष र सीईओले थापे बैंक अफ दि इयरको अवार्ड, उत्कृष्ट सेवा प्रदान गर्ने खुञ्जेलीको प्रतिबद्धता



काठमाडौं । मेगा बैंक नेपाल २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गरेको पत्रीका ‘दि बैंकर’ ले मेगा बैंकलाई ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मान गरेको हो ।

लण्डनमा बिहीबार साँझ आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उक्त अवाड लिएका हुन । ‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी देशका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक देशबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट सम्मानित गर्ने गरेको छ ।

अवार्ड ग्रहणसँगै बैंकका सीइओ खुञ्जेलीले गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण उक्त सम्मान हात पारेको बताएकी छिन । उनले आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन उत्कृष्ट सेवा प्रदान गर्न बैंक कटिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL