Logo

देशभर बैंक तथा वित्तीय संस्थाको शाखा ८ हजार ८ सय ५ पुग्यो, ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार

देशभर बैंक तथा वित्तीय संस्थाको शाखा ८ हजार ८ सय ५ पुग्यो, ७ सय ३९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार



काठमाडौं । बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालेपछिको एक दशकको अवधिमा बँैक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएको छ ।

सो अनुसार २०७१ असारमा बैँक तथा वित्तीय संस्थाको सङ्ख्या २०४ रहेकोमा २०७५ असारमा १५१ मा झरेको छ भने केही नयाँ लघुवित्तीय संस्थाको इजाजत थपिएकोले २०७६ साउनमा १७१ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार तीव्र गतिमा भइरहेको छ । विगत चार वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या दोब्बर भई २०७६ साउनमा ८८०५ पुगेको छ । २०७५ असारमा बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ६६५० रहेको थियो ।

सरकारले सबै स्थानीय तहमा वाणिज्य बैँंकको कम्तीमा एक शाखा पु¥याउने नीति छ । सोअनुरुप २०७६ असारसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएकोे छ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार मङ्सिर ४ गते सम्म नेपालभर वाणिज्य बैँंकको सङ्ख्या बढेर ७४१ पुगेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL