Logo

जनता बैंकको १० औं बार्षिक साधारणसभा : लगानीकर्तालाई बोनस, बैंक मर्जरका सबै एजेण्डा पारित

जनता बैंकको १० औं बार्षिक साधारणसभा : लगानीकर्तालाई बोनस, बैंक मर्जरका सबै एजेण्डा पारित



काठमाडौं । जनता बैंकले आफ्नो दशौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो ।

बैंकले उक्त बार्षिक साधारणसभामार्फत सेयरधनीहरुलाई १२ प्रतिशत लाभांस पारित गरेको छ । बैंकले गत आर्थिक बर्ष सम्मको सञ्चित मुनाफा समेतको रकमबाट ९६ करोड रुपैयाँ बराबर लाभांस पारित गरेको हो । साधारणसभाबाट पारित गरिएको १२ प्रतिशतको लाभांस मध्ये ६ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांस हुनेछ ।

यस्तै उक्त साधारण सभाले जनता बैंककोे १०० कित्ता बराबर ग्लोबल आईएमइ बैकको ८५ कित्ता (१ः०.८५) सेयर आदान प्रदान अनुपात कायम हुने गरी मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरु पारित गरेको छ ।

सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसँग अन्तिम स्वीकृत प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।

मर्जरपश्चात बन्ने बैंकका ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको बैंकले जानकारी दिएको छ । बैंक मर्जरपश्चात चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL