Logo

इनरुवामा सनराईज बैंकको नयाँ शाखा, शाखा संख्या १२४ पुग्यो

इनरुवामा सनराईज बैंकको नयाँ शाखा, शाखा संख्या १२४ पुग्यो



काठमाडौं । सनराईज बैंकले सप्तरीको ईनरुवामा आफ्नो १ सय २४ औं शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालयको उद्घाटन गरेको हो ।

इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन । यस्तै इनरुवा वडा १ का वंडा अध्यक्ष राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा एटिएमको समेत उद्घाटन गरेका छन ।

बैंकले हालसम्म १ सय २४ ओटा शाखा ३८ वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर १ सय ४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL