Logo

नविलको सबैभन्दा बढि प्रतिसेयर आम्दानी हुँदा पच्छ्याउँदै एनआईसी एसिया, हेर्नुहोस कुनको कति

नविलको सबैभन्दा बढि प्रतिसेयर आम्दानी हुँदा पच्छ्याउँदै एनआईसी एसिया, हेर्नुहोस कुनको कति



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकहरुमा सबैभन्दा बढि प्रतिसेयर आम्दानी नविल बैंकको रहेको छ । बाणिज्य बैंकहरुले प्रकाशित गरेको ३ महिनाको अपरिस्कृत वित्तीय विवरण अनुसार नविल बैंकको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ८४ पैसा रहेको छ ।

चालू आबको ३ महिनामा अर्बपति क्ल्वमा प्रवेश गर्दै १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद मुनामा गरेको बैंक बढि आम्दानी गर्नेमा दोस्रो स्थानमा रहेको छ । सो अबधिमा सबैभन्दा बढि आम्दानी गर्नेमा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक रहेको छ । बाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यसैगरी प्रतिसेयर आम्दानीको आधारमा नविललाई पच्छ्याउँदै दोस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ । तीन महिनामै अर्वपति क्लवमा प्रवेश गरेको सो बैंकको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५२ पैसा रहेको छ । एनआईसी एसिया बढि मुनामा गर्नेमा पनि निजी क्षेत्रबाट संचालित बैंकहरुमा दोस्रो स्थानमा रहेको छ ।

तर सो अबधिमा सबैभन्दा कम इपिएस सिभिल बैंकको रहेको छ । सबैभन्दा कम १५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको सिभिल बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २० पैसा मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL