Logo

दोलखाका विद्यायललाई सिटिजन्स बैंकले दियो जस्तापाता, ३० वण्डल वितरण

दोलखाका विद्यायललाई सिटिजन्स बैंकले दियो जस्तापाता, ३० वण्डल वितरण


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर संवाददाता

३ असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भुकम्पबाट पीडित दोलखा जिल्लाका विद्यालयलाई जस्तापाता वितरण गरेको छ । बैंकले दोलखाका ३ वटा विद्यालयलाई जस्तापाता वितरण गरेको हो ।

जसमा जफे(६ स्थित श्री कालापानी माध्यमिक विद्यालय, हाँन्वा(९ स्थित श्री कालिका उच्च माध्यमिक विद्यालय र भीरकोट स्थित श्री भीमेश्वर निम्न माध्यमिक विद्यालय रहेका छन् । ती विद्यालयलाई १०/१० बन्डलका दरले जस्तापाता वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकको चरिकोट शाखा कार्यलयको प्रांगणमा आयोजित कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका प्रतिनिधिहरुको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले विद्यालयहरुका प्रतिनिधिलाई आज जस्तापाता हस्तान्तरण गरेका हुन् ।

बैंकले यसअघि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा रु १ करोड ९ लाख ९० हजार ८ सय ७५ रुपैयाँ उपलब्ध गरिसकेको छ भने ललितपुर स्थित खोकनाबासिहरुलाई चर्किएका घरहरु भत्तकाउन ४ लाख रुपैयाँ बरावरको औजारहरु वितरण गरेको थियो । साथै काभ्रे स्थित चतुरे गाउँ पुगेर १ सय घर परिवारलाई खाद्यान्न तथा पालहरु समेत वितरण गरेको बैकद्वारा विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL