Logo

मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, संचालक र सिईओले पनि आफ्ना नाममा भएका सेयर बिक्री गर्न पाउने

मर्जरलाई राष्ट्र बैंकको प्रोत्साहन, संचालक र सिईओले पनि आफ्ना नाममा भएका सेयर बिक्री गर्न पाउने



काठमडौं । नेपाल राष्ट्र बैंकले मर्जरलाई प्रोत्साहन गर्ने गरी नयाँ व्यवस्था अवलम्बन गरेको छ । बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर तथा एक्वुजिशन भएपश्चात नयाँ संस्था संस्थामा नहुने संचालक तथा प्रमुख कार्यकारी अधिकृतले उक्त बैंक वित्तीय संस्थाको सेयर बिक्री गर्न पाउने व्यवस्था गरेको छ ।

यस अघि कुनै पनि बैंक वित्तीय संस्थाका संचालक, सिईओ, लेखा परीक्षक तथा कम्पनीले सचिवले बैंक तथा वित्तीय संस्थाबाट अवकास लिएको एक बर्षसम्म उक्त संस्थाको सेयर बिक्री गर्न, धितो बन्धक राख्न, दान बकस लिन वा हस्तान्तरण गर्न नपाउने व्यवस्था थियो । तर, आगामी दिनमा मर्जर तथा एक्विजिशनलाई प्रोत्साहन गर्न मर्जर पश्चात संस्थाबाट बाहिरिएका संचालक तथा सिईओले आफु र परिवारका नाममा भएका सेयर बिक्री गर्न पाउने व्यवस्था गरिएको हो ।

‘बैंक वित्तीय संस्था एक आपसमा गाभिदा वा प्राप्ती गर्दा उक्त संस्थाबाट अलग भएका संचालक, सिईओ, लेखा परीक्षक तथा कम्पनी सचिवले बैंकको स्वीकृतिमा बैंक, वित्तीय संस्था वा सहकाय कम्पनीको सेयर आफ्नो वा आफ्नो परिवारको सदस्य, अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिदबिक्री गराउन, धितो बन्धक राखी कर्जा लिन, हस्तान्तरण वा लेनदेन गर्न बाधा पुग्ने छैन,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ ।

राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले अबमा दिनमा कर्मर तथा एक्विजिशन प्रक्रियामा थप सहन हुने निरौलाले जानकारी दिए । ‘यस अघि बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएका सिईओ, संचालक, लेखा परीक्षक तथा कम्पनी सचिवले उक्त संस्थामा भएको आफ्नो नाम तथा परिवारको नाममा भएका सेयर १ बर्षसम्म बिक्री गर्न पाउदैन्थे,’ उनले भने, ‘अबका दिनमा मर्जर वा एक्विजिशन पश्चात नयाँ बन्ने संस्थाबाट बाहिरिए पश्चात बिक्री गर्न पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL