Logo

सिटिजन्स बैंकको शाखा कमलादीमा, शाखा संख्या ८५ पुग्यो

सिटिजन्स बैंकको शाखा कमलादीमा, शाखा संख्या ८५ पुग्यो



काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा ८५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट आईतबारदेखि शाखा संचालनमा ल्याएको हो ।

अत्याधुनिक प्रविधियुक्त सो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ ।

उक्त शाखामार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ८५ शाखा, ८२ एटिएम तथा १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स, आस्वा, ड्राफ्ट, कार्ड सेवालगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL