Logo

यो बर्षको बैंक अफ दी एयरको अवार्ड मेगा बैंकलाई, लण्डनमा सिईओ खुञ्जेलीले थापिन अवार्ड

यो बर्षको बैंक अफ दी एयरको अवार्ड मेगा बैंकलाई, लण्डनमा सिईओ खुञ्जेलीले थापिन अवार्ड



काठमाडौं । मेगा बैंक नेपालले ‘बैंक अफ दी एयर २०१९’ अवार्ड हात पारेका छन । लण्डनमा आयोजित एक कार्यक्रममा दी बैंकर्स म्यागजिनले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

६७ सालमा स्थापना भएको मेगा बैंकको ९ बर्षको अबधिमा १० अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने वासलात १ अर्ब २ करोड रूपैयाँ रहेको बैंकले जानकारी दिएको छ । बैंकको निक्षेप ७९ अर्ब रुपैयाँ रहेको छ ।

बैंकले सेयरधनीहरुलाई ११ दशमलब ७५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
बैंकले १०२ शाखा, १९ एक्टेन्शन काउन्टर, ११९ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दैै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL