Logo

सनराईज बैंकको ३ अर्ब बराबरको ऋणपत्र जारी, ३ लाख कित्तासम्म आवेदन दिन सकिने

सनराईज बैंकको ३ अर्ब बराबरको ऋणपत्र जारी, ३ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । सनराईज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । धितोपत्र बोर्डले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्न स्विकृति दिएसँगै बैंकले बुधबारदेखि उक्त ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले उक्त ऋणपत्र जारी गरेको हो । ७ वर्ष भुक्तानी अवधि भएको सो ऋण पत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर पाईने छ । जसको भुक्तानी अर्धवार्षिक रmपमा गरिने छ ।

कुल ३ अर्बको ऋणपत्रमध्ये १२ लाख कित्ता बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि र १८ लाख कित्ता बराबरको १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र भने संस्थागतका लागि छुट्याएको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आवेदन गर्न पाउने व्यवस्था छ । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL