Logo

सनराइज बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिँदै, साधारण सभाबाट पारित

सनराइज बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिँदै, साधारण सभाबाट पारित



काठमाडौं । सनराईज बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको शुक्रबार बसेको १२ औं बार्षिक साधारणसभाको बैठकले उक्त लाभांस पारित गरेको हो ।

बैंकले आफ्नो चुक्ता पूँजीको ५ दशमलव ८० प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले ५ दशालव ८० प्रतिशतका दरले ४७ करोड २८ लाख ४८ हजार २ सय ३९ रुपैयाँ बराबर नगद लाभांस वितरण गर्नेछ । यस्तै चुक्ता पूँजीको १० प्रतिशत अर्था ८१ करोड ५२ लाख ५५ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस सेयर समेत वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL