Logo

मेगाको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर, कर्मचारीको सीप र दक्षता अभिबृद्धिमा सहयोग पुग्ने

मेगाको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर, कर्मचारीको सीप र दक्षता अभिबृद्धिमा सहयोग पुग्ने



काठमाडौं । मेगा बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गरेको छ ।

laxmi

बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको अव भने आफ्नै भवनमा मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना गरी काम गर्ने भएको हो । साथै उक्त भवनबाटै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने बैंकले जानकारी दिएको छ ।

बैंकका अध्यक्ष भोजबहादुर शाहले बिहीबार एक समारोहबीच नवनिर्मित उक्त सेन्टरको उद्घाटन गरेका छन । बैंकका कर्मचारीहरुको सीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अझै प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले सो सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष शाहले जानकारी दिएका छन ।

२०६९ साल देखिनै स्थापित बैंकको रिसर्च एण्ड डेभलप्मेन्ट ईकाईको कार्यमा रिसोर्स सेन्टरले योगदान पुर्याउने शाहको विश्वास रहेको छ । बैंकका कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL