Logo

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा, शाखा संख्या १०० पुग्यो

सिभिल बैंकको नयाँ शाखा काँडाघारीमा, शाखा संख्या १०० पुग्यो



काठमाडौं । सिभिल बैंकले काठमाडौें, काँडाघारी(पेप्सीकोला) मा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

उक्त शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्त रुपमा गरेका हुन ।

शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक प्रताप जङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरिएको छ । हाल बैंकको शाखा संख्या १ सय र एटियम संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL